Public Pana
पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित ४ जनाविरुद्ध मुद्दा 

भेप मार्फत् ९ किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरासहित चारजनाविरुद्ध आज बुधबार मुद्दा दर्ता गरेको छ ।  


सीआईबीले महराका छोरा राहुल महरा, सर्लाहीको राजघाट घर भइ काठमाडौंको नागार्जुन बस्ने लोकेन्द्रकुमार पौडेल, तिब्बती मुलका बेल्जियम नागरिक दावा छिरिङ शेर्पा र र काठमाडौं बौद्धका निमा गुरुङ विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । 


तस्करले गत २०७९ पुस १० गते दुबईबाट ‘भेप’मा लुकाएर ल्याएको नौ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको थियो ।

यो प्रकरणमा जोडिएका भए पनि नेता कृष्णबहादुर महरालाई भने सीआईबीले उन्मुक्ति दिएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update