Public Pana
‘उपहार’ आउने निश्चित, हिरोइन रेखाको 

नायिका रेखा थापाले निर्माण गरेको फिल्म ‘उपहार’को प्रदर्शन मिति तय भएको छ। यो फिल्मलाई यसै वर्षको माघ २६ मा रिलिज गर्ने घोषणा गरिएको छ ।

 
यस अघि यो फिल्मलाई नयाँ वर्षमा रिलिज गर्ने तयारी गरिएको थियो । तर रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइलाः एम ए थर्ड क्लास’ रिलिज गर्ने भएपछि उपहारको प्रदर्शन मिति अघि सारिएको हो ।

 
रेखाको उपहार अब फिल्म ‘हात्तीछाप’सँग भिड्ने भएको छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्म ‘हात्तीछाप’ले यस अघि नै पोस्टर जारी गरेर माघ २६ लाई प्रदर्शन मिति तय गरि सकेको थियो ।


ज्ञानेन्द्र देउजाले निर्देशन गरेको ‘उपहार’ले ३ महिला पात्रको कथालाई प्रस्तुत गर्ने छ । 


फिल्ममा रेखा थापा, पूजा शर्मा र बेशिना हमाल शिर्ष भूमिकामा देखिने छन् । मुकुन भुषाल, तेज गिरी र समर्पण थापाले यी तीन नायिकालाई साथ दिनेछन् ।


रिच इन्टरटेन्मेन्ट र एफडी गु्रपले यो फिल्मलाई काठमाडौं तथा मोफसलमा वितरण गर्नेछन् ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update