Public Pana
बाढीका कारणले सिक्किमा ५ नेपाली हराए 

भारतको सिक्किममा एक साताअघि आएको भिषण बाढीपछि इलामका पाँच जना सम्पर्कविहीन भएका छन् । 


गएको असोज १६ गते सिक्किमस्थित टिस्टा नदीमा ठूलो बाढी आउँदा धेरै जनधनको क्षति भएको थियो । रोजगारीको लागि इलामबाट सिक्किम पुगेका केही नेपाली पनि त्यो बाढीमा परेको अनुमान गर्न थालिएको छ । 


जिल्ला प्रशासन कार्यालय इलामले टिस्टामा आएको बाढीपछि पाँच जना श्रमिक सम्पर्क विहीन भएको जानकारी दिएको छ । 


इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार इलामका ४० वर्षीय सेनबहादुर कार्की, ३० वर्षीय लाक्पा शेर्पा, नरमाया बस्नेत, ९ वर्षीया खुसी बस्नेत र २८ वर्षीय कुमार खड्का टिस्टा नदीमा आएको बाढीपछि परिवारको सम्पर्कमा छैनन् । 


उनीहरु सबै इलाम नगरपालिका ९ गोलखर्कका स्थायी बासिन्दा भएका इलाम ९ का वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए । 


यहि असोज १७ गते टिस्टा नदीको उद्गम स्थलमा हिमताल विस्फोट हुँदा सिक्किममा ठूलो बाढी आएको थियो । 


बाढीमा परेर हालसम्म ५५ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। भारतीय सैनिकसहित १ सय ४१ जना अझै बेपत्ता छन् । 
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update