Public Pana
एमाले सुदूरपश्चिममा नेतृत्व चयनका लागि मतदान हुँदै, मधेष प्रदेशमा आजदेखि अधिवेशन

नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन आज (बुधबार)देखि शुरू हुँदैछ । म

धेश प्रदेशको राजधानी जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा दुई दिनसम्म चल्ने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको हो ।


अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए ।


 उनका अनुसार अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । 


एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेको उनले बताए । कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको उनले बताए । 


अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालले जनाएको छ ।


मधेश अधिवेशन उद्घाटनको तयारी भइरहँदा सुदूरपश्चिममा भने नेतृत्व चयनका लागि मतदान गर्ने तयारी छ । निर्वाचन कमिटीले आज बिहान देखि मतदान हुने बताएको छ ।


हिजो साँझ ५ बजेदेखि मतदान गर्ने पूर्वनिर्धारित कार्यतालिका भए पनि सहमतिको प्रयासका लागि मतदान सारिएको थियो । 


प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन् ।

उनीहरू तीनै जना अछामका हुन् । अध्यक्षमा कञ्चनपुरका बचनबहादुर सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update