Public Pana
मेस्सीको विश्वकपको ग्यालरी अहिलेसम्म धेरै मन पराइएकाे पोस्ट

अर्जेन्टिनाले विश्वकप जितेको खुसीयाली मनाउँदै गरेको लियोनल मेस्सीको ग्यालरी अहिलेसम्मकै सबैभन्दा धेरै मन पराइएको इन्स्टाग्राम पोस्ट भएको छ ।
यसलाई पोस्ट गरेको ६ घण्टापछि मेस्सीले साढे ६ करोड भन्दा बढी लाइक प्राप्त गरे र लाइक गर्नेको संख्या निरन्तर बढिरहेको छ ।

कतारमा आइतबार भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले विश्वकप जितेको हो । मेस्सीको इन्स्टाग्राम पोस्टले अघिल्लो रेकर्ड–ब्रेकिंग पोस्टको तुलनामा लाखौं बढी लाइक प्राप्त गरेको हो । 
 

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update