Public Pana
लोक सेवा आयोगले सहसचिव र उपसचिवको विज्ञापन रोक्यो  - हेरौं सूचना

लोक सेवा आयोगले बुधवार(आज) प्रकाशित हुनुपर्ने विज्ञापन रोकेको छ ।

सरकारले गरेको माग अनुसार गोरखापत्र दैनिकमा प्रकाशित गर्नुपर्ने विज्ञापन आयोगले कारण नै नखुलाई आफ्नो वेबसाइटमा रोकेको सूचना प्रकाशन गरेको हो । 


‘आयोगको वार्षिक कार्य तालिका २०८०-०८१ अनुसार मिति २०८०-६-२४ गते प्रकाशन गर्नुपर्ने विज्ञापन विशेष कारणवश प्रकाशन नगरिएको ब्यहोरा आयोगको मिति २०८०-६-३ को निर्णय अनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तर विशेष कारण के हो त्यो भने खुलाएको छैन । 


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सेवाका रिक्त सहसचिव र उपसचिवको माग मङ्गलवार नै आयोगमा पठाएको थियो । 


कारण नै नखुलाई विज्ञापन रोक्ने आयोगको विज्ञप्तिले परीक्षार्थीहरूलाई निराश त बनाएको छ नै अन्यौलतासमेत सिर्जना गरेको छ । 


विज्ञापनबारे बुझ्न खोज्दा आयोगका पदाधिकारीहरूले जवाफ दिन मानेनन् । 


पारदर्शी र निष्पक्ष मानिँदै आएको लोक सेवा आयोगका पछिल्ला गतिविधिहरू ‘अस्पष्ट’ र ‘अपारदर्शी’ दिशातर्फ उन्मुख देखिँदै आएको आरोप कर्मचारीहरुको छ ।

हेरौं सूचना-

psc1696986130.png

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update