Public Pana

हामीलाई न्याय कसले दिने भन्दै स्थानीय तहका कर्मचारीहरुले आज मंगलबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । 


संघीय निजामती विधेयकको विरोध गर्दै स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले काठमाडौंमा विरोधका कार्यक्रमलाई निरन्तरता दिएका हो । संघर्ष समितिले माइतिघरबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको थियो ।

संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने उनीहरुको माग छ । त्यस्तै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनु पर्ने, निजामतीको परिभाषाभित्र स्थानीय कर्मचारीलाई पनि समेटिनुपर्ने उनीहरुले जनाएका छन् ।


त्यस्तै अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगाएतका आफुहरुको माग रहेको संघर्ष समितिले जनाएको छ ।

संघर्ष समितिले विना सहमति ७५३ स्थानीय तहमा वैज्ञानिक पुर्वानुमानयोग्य चक्रिय प्रणालीमा सरुवा गरिनु पर्ने, जुन सुकै तहमा बहाल रहेको कर्मचारीलाई तिनै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनु पर्ने, स्थानीय सेवाका कर्मचारीहरूलाई ट्रेड युनियनको अधिकार प्रदान गरिनु पर्ने उनीहरुको माग छ ।  
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update