Public Pana
साताको तेश्रो दिन आज अपर लाहोरे खोला जलविद्युत् कम्पनीको शेयर झण्डै ६ प्रतिशतले बढ्यो

लगातार तेस्रो दिन आज मंगलबार पनि शेयर बजार घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव शून्य ६ अंकले घटेर एक हजार आठ सय ८९ दशमलव ५९ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । 


सबैभन्दा धेरै बाराही हाइड्रोपावर कम्पनीको शेयर साढे सात प्रतिशत तथा गरिमा डिबेञ्चरको शेयर झण्डै ६ प्रतिशतले ओरालो लागेको छ ।


समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै अपर लाहोरे खोला जलविद्युत् कम्पनीको शेयर झण्डै ६ प्रतिशतले बढेको छ ।


आज ४२ लाख ८७ हजार कित्ता शेयर एक अर्ब २८ करोड ३१ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्स कम्पनीको २० करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update