Public Pana
डिशहोमको साप्ताहिक हिरो ०२५६४१९५२९६ कास आईडीका ग्राहक राई : पाए १ लाख 

‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ०२५६४१९५२९६ कास आईडीका ग्राहक राजीन राईले नगद रु एक लाख जितेका छन् ।


‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार अभियान’ असोज १ देखि सिमित अवधिको लागि नेपालभर लागू भएको योजना अन्तर्गत एक लाख रुपैयाँ पाउने राई भए । 


२०८० असोज २२ गते अर्थात् हिजो सोमवार भएको लक्की ड्र मार्फत राईले नगद रु एक लाख जितेको डिश होमले जनाएको छ ।


डीटीएच सेवा प्रदायक डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो ।


यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।  


सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ ।
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update