Public Pana
ऐन कानुन सुधार गरे दीगो विकास हुने एफएनआईसीसीको दाबी 

नेपाल उद्योग वाणिज्य महासंघले दिगो विकासका लक्ष्यहरु पूरा गर्न सरकारले ऐन कानून र नीतिहरु सुधार गर्न आवश्यक रहेकोमा दाबी गरेको छ ।


आज मंगलवार महासंघ र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा भएको दिगो विकासका लक्ष्य कार्यक्रममा महासंघले आफ्नो भनाई राखेको हो । 


छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा दिगो विकासका लक्ष्यहरु पूरा गर्ने निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए। अध्यक्ष ढकालले निजी क्षेत्रले व्यवसायिक क्रियाकलाप बढाउनको लागि नीति,ऐन कानून र नीतिहरु सुधार हुन जरुरी रहेको बताए ।


उनले भने, ‘दिगो विकासका लक्ष्यहरु पूरा गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ। निजी क्षेत्रले व्यवसायीक क्रियाकलाप बढाउनको लागि नीतिहरुदेखि दिगो विकासका लक्ष्यहरु पूरा गर्ने व्यवसायिक गतिविधि बढाउन ऐन कानून र नीतिहरु सुधार हुनुपर्छ भन्ने कुरा हो ।’


अध्यक्ष ढकालले दिगो विकासका लक्ष्यहरु पूरा गर्न निजी क्षेत्र महत्वपूर्ण पार्टनरका रुपमा काम गरिरहेको उल्लेख गरे ।
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update