Public Pana
नेपालमा सुन तस्करी बढ्दो : आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट फेरी अर्को एकजना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । 


पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिए । 


मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौँ आएका धामीले टिभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको छ । 


धामीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको पाण्डेले जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update