Public Pana

परराष्ट्रमन्त्री एनपी साउदले तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गर्नुभएको छ । 


सिंहदरबारमा आज मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा मन्त्री साउदले इजरायलको अस्था निकै संवेदशनशील भएकाले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गर्नुभएको हो ।

उहाले इजरायलको अवस्थालाई लिएर राजनीतिकरण नगर्न पनि आग्रह गर्नुभयो ।


मन्त्री साउदले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको अनलाइन माध्यमबाट विवरण संकलन भइरहेको र हालसम्म दुइसय चन्दा बढि नागरिकको विवरण संकलन भइसकेको जानकारी दिनुभयो ।

नेपाल आउन चाहने नागरिकका लागि दुईवटा विमान तयारी अवस्थामा रहेको भन्दै उहाले आवश्यक समयमा उद्दारको काम हुने उहाले बताउनुभयो ।


मन्त्री साउदले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका १७ जनाभन्दा बाहेक अन्य नेपालीहरु गम्भीर रूपमा प्रभावित नभएको जिकिर गर्नुभयो । उहाले परराष्ट्र मन्त्रालयले इजरायलमा घटना घटेकै दिन असोज २० गतेदेखि नियमित रुपमा प्रेस विज्ञप्ति जारी गरिरहेको र यस घटनाको निन्दा गर्नुका साथै इजरायल सरकारप्रति ऐक्यवद्धता व्यक्त गरिएको जानकारी दिनुभयो । 

बैठकमा समिति सदस्यहरुले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरुको उद्धारमा ढिलाई नगर्न आग्रह गरेका थिए । समिति सदस्य प्रकाशमान सिंहले नेपालमा फर्कन चाहनेहरुका लागि दुतावासको पहलमा सुरक्षित स्थानमा राखेर स्वदेश फर्काउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

इजरायलको घटना निकै संवेदनशिल भएकाले समय समयमा सरकारले जनतालाई आवश्यक सूचना प्रवाह गर्नुपर्ने उहाको भनाइ छ ।

त्यस्तै समिति सदस्य बर्षमान पुनले इजरायलको द्वन्द्व बढ्न सक्ने भन्दै छिमेकी मुलुकहरुसंग आवश्यक सहकार्य गरेर उद्दारका लागि तयार हुनुपर्ने बताउनुभयो ।

छलफलपछि समितिले इजरायल घटनामा मृत्यु भएकाको शव छिटो स्वदेश ल्याउन, घाइतेको उपचारका साथै वेपत्ताको खोजि र नेपालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको सभापति राजकिशोर यादवले जानकारी दिनुभयो । 

बैठकले भविश्यमा घट्नसक्ने यस्ता घटनाको पूर्व आंकलन गरेर विदेशीस्थीत नियोग र दूतावासमार्फत नेपालीहरुको विवरण आवधिक गरि पूर्ण तयारी अवस्था रहने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update