Public Pana

चीनको हाङजाओमा सम्पन्न १९ औं एसियाली खेलकुदमा पदक विजेता नेपाली टोली आज मंगलबार स्वदेश फर्किएको छ । 
आइतबार हाङजाओमा सम्पन्न एसियन गेम्समा नेपालले १ रजत र १ कास्य पदक जितेको थियो । 


पदक विजेता टोलीका खेलाडी, प्रशिक्षक र अफिसियल आज स्वदेश फर्किएका हुन् ।  


एसियाडमा करातेकी एरिका गुरुङले रजत र महिला कवड्डी टोलीले कास्य पदक जितेको थियो । 


एसियाडमा कराते र कवड्डीले पहिलो पटक पदक जितेका हुन्। एरिकाले महिला ६८ केजी तौल समूहमा रजत पदक जित्दै इतिहास रचिन् । 


यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पदक विजेता टोलीलाई नगर परिक्रमा गराउँदै सम्मान गर्ने भने पनि इजरायलमा भएको हिंसामा १० नेपालीले ज्यान गुमाएपछि नगर परिक्रमा कार्यक्रम भने स्थगित गरिएको छ । 


यद्यपी राखेपले त्रिपुरेश्वरस्थित परिषद्मा सम्मान गर्ने भने जनाएको छ । 


यो पटकको एसियाडमा नेपालका २९ खेलका २ सय ५३ खेलाडीले सहभागिता जनाएका थिए ।

asiyad1696924315.jpg

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update