Public Pana

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका छिट्टै ल्याउने तयारी गरिरहेको बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सञ्चारमन्त्री शर्माले सामाजिक सञ्जाललाई नियमन र व्यवस्थापन गर्न सरकारले सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका छिट्टै ल्याउने तयारी गरिरहेको जानकारी दिनुभएको हो ।

उहाले सामाजिक सञ्जालमा सद्भाव खलबलिने किसिमको समाचार नलेख्न आग्रह समेत गर्नुभयो ।

आमसञ्चार तथा मिडीया सम्बन्धी विधेयक अघि बढाउने तयारीमा रहको भन्दै यसले आमसञ्चारकर्मीलाई सहज हुने उहाको भनाइ छ । 


सञ्चारमाध्यमको नविकरण तथा अन्य व्यवस्थामा देखिएको समस्यालाई क्रमश समाधान गर्दै लैजाने उहाले बताउनुभयो । 

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महिलालाई विस्थापित हुनबाट बचाउन प्रविधिमा सक्षम बनाउने उद्देश्यले महिला सञ्चारकर्मी तालिम सञ्चालन गरेको जानकारी दिनुभयो ।

असोज २४ गतेसम्म सञ्चालन हुने तालिममा बागमती प्रदेशका २० महिला पत्रकार सहभागी रहेको प्रेस काउन्सिलले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update