Public Pana

प्रतिनिधिसभाले विद्युत् विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।


सोमबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गर्नुभएको विद्युत् विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको हो ।


 त्यसअघि बैठकमा विधेयकमाथि सांसदहरुले राखेका प्रश्नको जवाफ दिदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विधुतको उत्पादनसंगै आन्तरिक खपतलाई प्रोत्साहन गर्ने र खपतपछि बचत भएको विद्युत्मात्र निर्यात गर्ने सरकारको स्पष्ट दृष्टिकोण रहेको बताउनुभयो ।

उहाले विधुत क्षेत्रको कार्ययोजनामा लगानी, उत्पादन, वितरण र व्यवस्थापनका प्रावधान समेटिएको जानकारी दिनुभयो ।

विधेयकलाई पूर्ण बनाउन छलफलका आएका बिषयहरुलाई सरकारले महत्वका साथ हेरेको उहाको भनाइ छ ।


विद्युत् विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्नका लागि ७२ घण्टाको समय तोकिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update