Public Pana
कांग्रेस संसदीय दलको बैठक आज बस्दै 

सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्ने भएको छ ।


कांग्रेस संसदीय दलले आज केहिबेरमा बस्ने उक्त जानकारी दिएको हो । 


बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले पब्लिक पानालाई जानकारी दिए । 
sherbahadur-deuba_1697187361.jpg

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update