Public Pana
अरिङ्गालले टोकेर २ जनाको मृत्यु

जाजरकोटको कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् ।

 
घाइते निर्जलाको उपचार गर्न छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा सोमबार बाटोमै मृत्यु भएको टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए ।

यस्तै सुस्मिताको आइतबार बेलुकी नै मृत्यु भएको थियो । 

उनिहरुका हजुरआमा घााइते भएकी छन् ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update