Public Pana
आज राष्ट्रिय शोक, नेपालको झन्डा आधा झुकाइने

सरकारले आज मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा हमास समूहको आक्रमणमा परी १० नेपालीको निधन भएकोमा सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको हो । 


आज देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाइने छ ।

 
हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  असोज २३ आज मंगलबारलाई राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय गरेको थियो । 


यस्तै हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख राहत दिने निर्णय पनि सरकारले गरेको छ । 


गाजा क्षेत्रबाट हमासले गत शनिबार इजरायली क्षेत्रमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update