Public Pana
आफूसँगै साथिहरुको अवस्थाबारे जानकारी दिइरहेका छन् फेसबुकबाट इजरायलमा रहेका बर्दियाका लुइसले 

इजरालयमा शनिवार हमासको आक्रमणमा परेका १७ नेपालीको विवरण आइतवार साँझ सार्वजनिक भयो ।


इजरायलस्थित नेपाली दूतावासमार्फत सार्वजनिक नामावलीमा १० जनाको मृत्यु, एकको अवस्था अज्ञात, केही घाइते र केही सकुशल रहेको जनाइएको थियो । 


यो सबै जानकारी बर्दियाका लुइस रिजालले दिइरहेका छन् ।  आकाशमा रकेट देखिदा शुरुमा रमाइलो लागेका उनलाई भिडिओ खिच्न मस्ती गरे । 


आक्रमणको कूरा थाहा भएसी बंकरमा लुके । २४ घण्टाभन्दा बढी पानी बाहेक केही खान पाएनन् । हिजो सोमबार उनिहरु ११ जना सुरक्षित स्थानमा जान पाए । उनि सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुर कृषि क्याम्पसमा बी एसजी एजी अध्ययनरत हुन् ।


आफ्नो विश्वविद्यालयका डिन लाल प्रसाद अमगाईलाई पनि सम्पर्क राख्न भ्याएका छन् लुइस र लुइसका बुवा योग राज रिजालले ।


अमगाईले प्रधानमन्त्री र नेपालका लागि इजराली राजदूतसँग कुरा भएको र छिट्टै सकुसल फर्काउने र मृतक भएकाको शव समेत ल्याउने सरकारले निर्णय गरको बताउछन् । 


लुइसले अफ्टेरोमा परेको हामीलाई आश मात्र दिने गरेकोमा दुख्ख लागेको पनि सुनाउछन् । 

https://www.facebook.com/profile.php?id=100072565813514


 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update