Public Pana
पूर्वी क्षेत्रमा बिहानेदेखि वर्षा, मध्य र पश्चिममा दिउँसो पानी पर्ने  : आजको मौसम

हाल कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज मंगलबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज मंगलबार राति कोशी प्रदेशका थोरै स्थानहरूमा तथा  मधेश, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 


हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update