कांग्रेस संसदीय दलको बैठक भोलि
सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि मङ्गलबार सङ्घीय संसद्भवन नयाँ वानेश्वरमा बस्ने भएको छ ।
कांग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।
बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, असोज २२, २०८० २०:४२
प्रतिक्रिया दिनुहोस्