यस्ताे छ विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलरको मूल्य खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीमा ११३२ रुपैयाँ ७२ पैसा तोकेको छ ।
मंगलबार अमेरिकी एक डलरको खरिदमा १३२ रुपैयाँ ४ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६४ पैसा रहेको थियो । मंगलबारको तुलनामा बुधबार डलरको मूल्य ८ पैसाले बढेको छ ।
यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८८रुपैयाँ ३० पैसा विक्रीदर ८८ रुपैयाँ ७० पैसा तोकेको छ । जापनी येन १० को खरिददर ९ रुपैयाँ ९९ पैसा र विक्रीदर १० रुपैयाँ ४ पैसा रहेको छ । चाइनिज युआन १८ रुपैयाँ ९७ पैसा खरिददर रहेको छ भने विक्रीदर १९ रुपैयाँ ६ पैसा रहेको छ ।
यस्तैगरी साउदी रियाल एकको ३५ रुपैयाँ १२ पैसा खरिददर रहेको छ भने, विक्रीदर ३५ रुपैयाँ २८ पैसा रहेको नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।
प्रकाशित मिति: बुधबार, पुस ६, २०७९ ११:१४
प्रतिक्रिया दिनुहोस्