Public Pana
इजरेलमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउनका लागि आवश्यक व्यवस्था गरिसकेको गृहमन्त्रीको दावी

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले इजरायलमा अप्ठेरोमा परेका नेपालीहरुलाई स्वदेश ल्याउनका लागि आवश्यक व्यवस्था गरिसकेको बताउनुभएको छ । 

सोमबार काठमाडौंमा राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको पाँचौ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालय र दुतावास मार्फत इजरायलमा अप्ठेरोमा परेका नेपालीहरुलाई स्वदेश ल्याउनका लागि आवश्यक व्यवस्था गरिसकेको बताउनुभएको हो ।

नेपाललाई बिकास र समृद्धि बनाउन सके रोजगार वा शिक्षाका लागि विदेश जानुपर्ने अवस्था नआउने र विदेशमा हुने बिभिन्न घटनामा नेपालीहरुले अनाहकमा ज्यान गुमाउने अवस्था नआउने उहाले बताउनुभयो । उहाले नेपालमा नै राम्रो शिक्षाको व्यवस्था गर्न सरकारले बिकास र समृद्धिमा जोड दिएको धारणा राख्नुभयो ।

उहाले देशमा भ्रष्टाचार र दण्डहिनता अन्त्य गरेमात्रै मुलुकमा सुशासन कायम हुने भन्दै यसका लागि सवैले योगदान गर्नुपर्ने बताउनुभयो । 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update