Public Pana

परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले इजरायलमा जारी  द्वन्द्वमा परी मृत्यु भएका नेपाली नागरिकको शव यथाशीघ्र फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

 तर इजरेलमा फसेकका सयौ नेपालीलाई कसरी फिर्ता ल्याउने  र घाइते र मारिएका नेपालीहरुको शव झिकाउनेवारे ठोस पहल छैन सरकारको ।

बैठकबाट बाहिरिदै गरेका सरकारका उच्च अधिकारीको मुहारमा हेर्नहोस लाग्छ कुनै गाइजात्राको कार्यक्रम हेरेर हसिलो मुहारमा फर्किदैछन् । यसबाट थाह हुन्छ सरकारको गम्भीरता र पहलकदमी । 

आज परराष्ट्र मन्त्रालयमा बसेको संयन्त्रको बैठकले इजरायली पक्षसँग समन्वय गरी यथाशीघ्र शव फिर्ता ल्याउने निर्णय गरेको छ तर कुन पक्षसँग कसरी संवाद गर्ने भन्ने बिषय अहिलेसम्म अन्यौलमा छ ।

सरकारले नेपालस्थित इजरेली राजदुतलाई बोलाएर तत्काल उद्धार गर्नेवारे छलफल समेत गरेको छैन । इजरेलस्थित नेपाली दुतावासले हिजो अवेर रातीसम्म हमास बिद्राहीको आक्रमणमा ज्यान गुमाउने नेपालीको नाम सार्वजनिक गर्ने बाहेक अलपत्र परेका नेपालीलाई उद्धार गर्नेवारे केही गर्न सकेको छैन ।

नेपाली दुतावासको सिमिति स्रोत साधन र सानो पहुँचले बंकरमा फसकेका नेपालीलाई उद्धार गर्न सक्ने अवस्था नदेखिएको परराष्ट्रकै अधिकारीहरु बताउछन् । 
सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो ।

प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमा गत शनिबार गरेको आक्रमणमा परी हालसम्म १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।

इजरायलमा हाल करिब ५ हजारको हाराहारीमा नेपालीहरु विभिन्न पेशामा कार्यरतछन् । सरकारको कमजोर कुटनीतिक पहलकै कारण समस्या परेका नेपालीको तत्काल उद्धार हुने अवस्था कम देखिएको छ ।

सरकारले आफ्नो तर्फबाट नसक्ने भए जोखिममा परेका नेपालीका जीवनरक्षाका लागि छिमेकी मुलुकलाई समेत हारगुहार गर्न सकिन्थ्यो कि ? होइन भने जुनसुकै अवस्थामा इजरेली भूमिका फसेका नेपालीको तत्काल उद्धार गर्न नसकेसरकारको औचित्यमाथी नै प्रश्न उठ्ने छ । 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update