Public Pana

दसैँका लागि आज सोमवारबाट अग्रिम टिकट बुकिङ खुल्ला भएको छ ।  गत शुक्रबार असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पुरानै भाडामा अग्रिम टिकट खुल्ला भएको जानकारी दिनुभयो । यसअघि नेपाल आयल निगमले इन्धनको मुल्यवृद्धि गरेपनि सरकारले फिर्ता गर्न निर्देशन दिएपछि यातायात व्यवसायीले पुरानै भाडादरमा अग्रिम टिकट बिक्रि सुरु गरेका हुन। दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।

विगतका वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको थियो। 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update