Public Pana
प्यालेस्टाइनको बिद्रोही समूह हमासले  गरेको आक्रमणमा परी इजरेलमा रहेका १०  नेपालीको मृत्यु

प्यालेस्टाइनको बिद्रोही समूह हमासले  गरेको आक्रमणमा परी इजरेलमा रहेका १० जना नेपाली नागरिकको पनि मृत्यु भएको पुष्टी भएको छ । 
इजरायलस्थित नेपाली राजदूत कान्ता रिजाल अनुसार गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको हो।
हमासले गरेको आक्रमणमा विशेष गरी  सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका अधिकांस विद्यार्थीहरू परेको राजदुत रिजालले जानकारी दिनुभयो । 
शनिबार हमासले अचानक इजरायली सहरहरूमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो।
आक्रमणमा केही नेपालीहरू घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ
दुतावास अनुसार मृत्यु हुने र घाइतेहरुको नामावली यसप्रकार छ । 

death gaja1696779265.jpeg

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  २१:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update