
स्वास्थ्य मन्त्री मोहन बस्नेतले भौगोलिक विकटता भएका स्थानमा आपतकालीन जनस्वास्थ्यको पहुँच पुराउन कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
आपतकालीन जनस्वास्थ्यको पूर्व तयारीका स्म्बन्धमा स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले सडक र हवाई मार्गको सहज पहुँच तथा सामथ्र्य नभएका स्थानमा आपतकालीन जनस्वास्थ्यको पहुँच पुराउनका लागि वृहत् रुपमा अध्ययन गरेर कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको हो ।
उहाले आपतकालीन जनस्वास्थ्य तथा प्राकृतिक विपत्तिका घटनामा जनस्वास्थ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगाएत सरोकारवाला निकायहरुबीच एकीकृत योजनाका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
मन्त्री बस्नेतले पूर्व तयारीको कार्ययोजना बनेपनि कार्यान्वयनमा लागू हुन नसकेको गुनासो गर्नुभयो । उहाले आपतकालीन जनस्वास्थ्यको पहुँचका लागि मन्त्रालयले आवश्यक सहयोग र सहजीकरण गर्ने बताउनुभयो ।
मन्त्री बस्नेतले सीमित स्रोतसाधनका बाबजुद पनि सरोकारवाला निकायले प्रभावकारी रुपमा समन्वय गरी समझादारीका साथ काम गरेको भन्दै आगामी दिनमा पनि सकारात्मक उपलब्धि हासिल गर्नेगरि अघि बढ्नुपर्ने बताउनुभयाो ।