Public Pana
इजरायलमा रहेका नेपालीहरुको तत्काल उद्धारका लागि पहलकदमी लिन सरकारसँग एमालेको माग

प्रमुख प्रतिपक्षी नेकपा एमालेले इजरायलमा रहेका नेपालीहरुको छिटोभन्दा छिटो उद्धारका लागि पहलकदमी लिन माग गरेको छ । 

प्रतिनिधिसभाको आइतबारको बैठकको बिशेष समयमा एमाले प्रमुख सचेतक पदम गिरिले प्रधानमन्त्री प्रचण्डले इजरायलका प्रधानमन्त्रीसंग संवाद गरेर नेपालीहरुको छिटोभन्दा छिटो उद्धार गर्न माग गर्नुभएको हो ।

सदनमा आएर घटनाको विवरण मात्रै सुनाएर नपुग्ने भन्दै उहाले नेपाली नागरिकहरुको उद्धारका लािग गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । नागरिकहरुको अभिभावक राज्य भएकाले पिडामा रहेका नेपालीहरुका लागि प्रभावकारी कदम चाल्नुपर्ने उहाले बताउनुभयो ।

उहाले संयुक्त राष्ट्रसंघको बैठक समेत चलिरहेको अवस्थामा नेपालीहरुको भोगेको पिडाका बारेमा पनि नेपालका प्रतिनिधिहरुले राष्ट्रसंघको ध्यानाकर्षण गराउनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै उहाले संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा बिभिन्न अपराधिक कार्यमा संलग्नलाई आममाफी दिने काम गरेको भन्दै यस्तो प्रचलन सदाका लागि अन्त्य गर्नुपर्ने बताउनुभयो ।

रिगल भनिने योगराज ढकाललाई ८ बर्ष नपुग्दै कैद मिनाहा दिने कामले मुलुकमा विधिको शासनको अन्त्य भएको उहाको भनाइ छ । 

गिरिले चाडपर्वका बेला महङ्गी कालाबजारी, सडक अस्तव्यस्त हुँदा पनि सरकार गम्भीर नभएको भन्दै आपत्ति जनाउनुभयो । 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update