Public Pana
प्रचण्ड–ओलीबिच आज भेट 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा आज भेट भएको छ ।


सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरूबीच आजै ढल्ने अवस्थामा पुगेको कोशी प्रदेश सरकार, संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक, शिक्षा विधेयक तथा देशका विभिन्न स्थानमा भइरहेका सामाजिक सद्भाव भड्काउने घटनाका सम्बन्धमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
 

भेटवार्ता दुई नेताबीच मात्र भएको थियो ।  


संसद्मा पेस टीआरसी विधेयक पारितमा खासगरी प्रमुख प्रतिपक्षी एमालेसँग सहमति हुन सकिरहेको छैन भने कोशी प्रदेशमा आज मुख्यमन्त्री एमालेकै हिक्मतकुमार कार्कीले विश्वासको मत माग्ने कार्यक्रम छ । 


कार्कीले विश्वासको मत पाउने सम्भावना कम छ भने उनले बहमुत नपु¥याउनासाथ कोशी सरकार ढल्ने अवस्थामा छ ।
 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update