Public Pana
फिलिपिन्समा ९७ लाख बालबालिका विस्थापित

जलवायुसम्बन्धी विपद्का कारण फिलिपिन्समा सन् २०१६ देखि २०२१ सम्ममा ९७ लाख बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफ) ले शुक्रबार जानकारी गराएको छ । 


नयाँ प्रतिवेदनमा सार्वजनिक तथ्याङ्कअनुसार सन् २०१६ देखि २०२१ को बीचमा बाढी, आँधीबेहरी, खडेरी र डढेलोका कारण घरबाट विस्थापित बालबालिकाको सङ्ख्याको पहिलो विश्वव्यापी विश्लेषण ‘चिल्ड्रेन डिसप्लेस्ड इन अ चेन्जिङ क्लाइमेट’ प्रतिवेदन हो ।


अध्ययनले ४४ देशका चार करोड ३१ लाख बालबालिका छ वर्षमा अर्थात् दैनिक करिब २० हजार बालबालिका विस्थापित हुने गरेको देखाएको छ । जोखिमको सन्दर्भमा, फिलिपिन्स आँधीबेहरीको लागि पहिलो स्थानमा छ र विस्थापित बच्चाहरूको पूर्ण सङ्ख्यामा बाढीको लागि तेस्रो स्थानमा छ । द्वीपसमूहले बनेको यस  राष्ट्रमा वर्सेनि औसत २० वटा आँधीबेहरी आउने गरेका छन् । 


फिलिपिन्समा आगामी ३० वर्षमा आँधीबेहरीका कारण थप करिब २५ लाख बालबालिका विस्थापित हुने खतरा रहेको अनुमान गरिएको छ ।

यो जोखिम देशको समुद्री तटहरू आँधीबेहरीको लागि अति संवेदनशील भएको कारण बढेको छ ।

यसले घना जनसङ्ख्या भएका शहरहरू जस्तै मेट्रो मनिला,सेबु प्रान्त ( मध्य फिलिपिन्स) र दक्षिणी फिलिपिन्सको दाभाओलाई पनि असर गर्न सक्छ ।
 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  ०६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update