Public Pana
नेपाल र लाओसबीचको पहिलो खेल असोज २५ मा

विश्वकप फुटबल २०२६ अन्तर्गत एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेलमा नेपालले आगामी आश्विन २५ गते लाओससंग प्रतिष्पर्धा गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेल आश्विन २५ नेपाल र लाओसबीच दशरथ रंगशालामा हुने जानकारी दिनुभएको हो । फिफा वरियतामा लाओस १८६ औं स्थानमा रहेको छ भने नेपाल १७५ औं स्थानमा रहेको छ ।
खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्वटो एनेसको मुख्य प्रशिक्षणमा २५ सदस्यीय टोली हाल बन्द प्रशिक्षणमा रहेको छ । खेलका लागि लाओसको टोली आश्विन २२ गते नेपाल आउने र प्रशिक्षणका लागि च्यासल रंगशालामा आवश्यक व्यवस्था गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।
उहाले खेलको सम्पूर्ण तयारी अघि बढाईसकिएको र टिकट दर साधारण पारापिटतर्फ ३ सय र भिआइपी पारापिटतर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको बताउनुभयो ।
प्रतियोगीताको अनुमानीत बजेट रु ७३ लाख ६८ हजार ४ सय रहेको एन्फाले जनाएको छ ।  लाओससँगको खेलमा विजयी भएमा नेपाल दोस्रो चरणमा प्रवेश गर्ने छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update