Public Pana
भूकम्प प्रभावित क्षेत्रका अवलोकनका लागि प्रधानमन्त्री बझाङमा

भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बझाङ पुगेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट बिहान बझाङ गएका प्रधानमन्त्री आजै बेलुका काठमाडौं फर्किने कार्यक्रम छ ।

भूकम्पले क्षति पुर्याएका स्थानको अवलोकन र भूकम्प प्रभावितलाई राहत उपलव्ध गराउने बिषयमा जिल्लास्थित निकायका अधिकारीसँग प्रधानमन्त्री दाहालले आवश्यक जानकारी लिनुहुने बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो । 
बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा धेरै भौतिक क्षति पुर्याएको छ ।

भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरी मृत्यु भएका र घाइतेका साथै प्रभावित नागरिकहरुका लागि राहत प्याकेज घोषणा गर्ने तयारी गर्नुभएको प्रधानमन्त्रीका निकटवर्तीहरुले बताएका छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update