Public Pana
शिक्षा विधेयक संसद्मा प्रस्तुत 

विद्यालय शिक्षा विधेयक, २०८० छलफलका लागि प्रतिनिधिसभा प्रस्तुत भएको छ ।

शिक्षामन्त्री अशोककुमार राईले ‘विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्’ प्रस्ताव प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेका हुन् । 


शिक्षा विधेयकलाई जनताको प्रतिक्रिया प्राप्त गर्न प्रचार गरियोस् भन्ने सांसद गणेश पराजुलीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा हुन्न भन्नेमा बहुमत भएकोले सभामुखले यसमाथि सैद्धान्तिक छलफल अगाडि बढाएका हुन् । 


विधेयकमाथिको सामान्य छलफल प्रारम्भ भएको भन्दै सभामुख देवराज घिमिरेले विधेयकको सैद्धान्तिक पक्षमा मात्रै छलफल हुने जानकारी गराएका छन् ।

विधेयकमाथि सांसदहरूले छलफल शुरू गरेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update