Public Pana
जवाफ देऊ सरकार जनताको दशैं यसपालि कसरी टर्छ :  रघुको कविता संसदमा 

एमाले सांसद रघुजी पन्तले बढ्दो महंगी र मूल्यवृद्धिले जनताले यसपालिको दशैं कसरी मनाउने भन्दै संसद्मार्फत् सरकारलाई प्रश्न सोधेका छन् ।


आज शुक्रवारको प्रतिनिधिसभा बैठकको शून्य समयमा महंगीबारे कवितात्मक शैलीमा पन्तले जनताले कसरी दशैं मनाउने भनेर प्रश्न सोधका हुन् । 

यस्तो छ पन्तको कविता 
खल्तीमा तलब हालेर हिँड्यो बजार
चामलको बोराले नाघ्यो तीन हजार 
रहर दाल किलोको २५० 
बजार भाउ सुन्दा गुम्छ होस हवास
तरकारीले भाउ नै नसोध भनेझै गर्छ 
गोलभेँडाले के किन्लास् भनेर आँखा तर्छ 
दशैं पेस्की आउने कहिले कहिले पेस्कीमा महंगो आयो 
सरकारका घर त उज्याला होलान् नहुनेका घरमा अहिले अँध्यारो छायो 
आउन लागेको दशैं सम्झेर जनता मुर्छा पर्छ 
सरकार गरिबको दशैं यसपालि कसरी टर्छ 
मेरो प्रश्न छ जवाफ देऊ सरकार जनताको दशैं यसपालि कसरी टर्छ 

 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update