Public Pana
हेलिकप्टरको आवाजले भूकम्पले चर्किएका घरहरू नभत्किउन् भन्ने रवीको प्रधानमन्त्री प्रचण्डलाई आग्रह - हेरौं फेसबुक स्टाटस पनि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भूकम्पबाट प्रभावितलाई निरास नबनाउन सरकारलाई आग्रह गरेका छन् ।


भूकम्प प्रभावित जिल्ला बझाङमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणलाई इंगिग गर्दै उनले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्रीज्यू आज भूकम्प प्रभावित जिल्ला बझाङ आउँदै हुनुहुन्छ भन्ने सुनें। यहाँ प्रभावितको व्यवस्थापनमा समस्या छ। सबैका लागि पर्याप्त त्रिपाल पनि छैन। चिसो बढ्दो छ, ओढ्ने–ओछ्याउने आवश्यक छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बच्चा र जेष्ठ नागरिकको विशेष हेरचाह गर्नुपर्ने छ। स्वास्थ्य चौकीहरू र शिक्षालयहरूलाई  प्राथमिकतामा राखी तत्काल वैकल्पिक उपायसहितका टेम्पोरेरी सेल्टर टेण्ट आवश्यक छन् ।’


हेलिकप्टर चढेर गएपछि सकेसम्म अरू पुग्न नसेकेका दुर्गम ठाउँमा पुग्नका लागि उनले आग्रह गरेका छन् । ‘प्रभावितलाई अब क्रमशः अरू समस्याले पिरोल्ने छ । 


घर भत्किएका र चर्किएकालाई विस्तारै सुरक्षित आवासमा लैजानु पर्नेछ। प्रभावितबीच पुग्दै गर्दा प्रधानमन्त्रीज्यूले पक्कै यी समस्याबारे सोच्नु भएको होला,’ उनले भनेका छन्, ‘प्रभावितलाई निरास नबनाउनुहुन आग्रह गर्दछु। हेलिकप्टरको आवाजले चर्किएका  घरहरू नभत्किउन् , हेलिकप्टर गैसकेपछि सकेसम्म अरू पुग्न नसेकेका दुर्गम ठाउँतिर पुग्नु होला। हामी बझाङका जनताको साथमा छौं।’


बझाङमा गत मंगलवार गएको भूकम्पमा परी एक जनाको मृत्यु भएको थियो । साथै थुप्रै घर र विद्यालयमा क्षति पुगेको छ ।


भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली शुक्रवार बझाङतर्फ प्रस्थान गरेको छ ।

f.b. rabi1696571948.png
 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update