Public Pana
सामाजिक सञ्जाललाई अश्लील नबनाउन लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दोहोरी साँझ, चाडपर्व उत्सव र टिकटक लगायतका सामाजिक सञ्जालमा हुने अश्लील तथा अमर्यादित प्रस्तुति रोक्न आग्रह गरेको छ ।


अध्यक्ष रीता थापा मगरले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेकी हुन् । 


‘यस्तो अमर्यादित र अभद्र कार्य रोक्न समग्र नेपाली लोकदोहोरी क्षेत्रसँग सम्बन्धित कलाकार, सर्जक र शुभेच्छुकलाई आग्रह गर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।


‘नेपाली मौलिक कला, संस्कृति, परम्परा र संस्कारको संरक्षण गर्नु सबैको दायित्व रहेको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली लोक तथा दोहोरी गीतको अवाञ्छनीय प्रयोग गरी अश्लील तथा अमर्यादित ढंगबाट प्रस्तुति नगर्न आग्रह गर्दछौँ ।’


पछिल्लो समय टिकटक लगायत चाडपर्वका उत्सवमा उच्छृंखल नृत्य र गायन प्रस्तुत भएको गुनासो आइरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update