Public Pana
बजारमा आजदेखि २० रुपैयाँको नयाँ नोट -सूचना सहित

नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि २० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ ।

साविककै आकार तथा रंगमा बैंकले संकेत नम्बर ठ ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट बजारमा पठाएको हो ।
नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा बायाँतर्फ लालीगुरासँसको छाप पनि रहेको छ ।

यसैगरी गभर्नरको दस्तखत रहेको स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘२०७९’ लेखिएको छ । 


यसैगरी नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीम नेपाल राष्ट्र बैंक लेखिएको छ भने मध्य भागमा दुई वटा बाह्रसिंगाको चित्र पनि रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update