Public Pana
थाहा पाउनुहोस् आजको मौसम


जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । बिहान पहाडी भेगमा बदली छ भने तराईमा हुस्सु लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ ।
बिहीबार प्रदेश १ र गण्डकीमा आंशिक बदलीको आकलन महाशाखाले गरेको छ । त्यसबाहेक बिहानको समयमा तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने गरेको छ । तर मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update