Public Pana
गोली लागेको अवस्थामा भेटिएकी पूर्व आईजीपीका पीएसओकी श्रीमतीको मृत्यु

गोली लागेको अवस्थामा भेटिएकी नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी श्रीमतीको मृत्यु भएको छ । उपचारका क्रममा शर्मिला चौधरिको मृत्यु भएको हो ।


केही दिनअघि शर्मिला आफ्नै घरमा गोली लागेको अवस्थामा फेला परेकी थिइन् ।


प्रहरीले शर्मिलाले आत्महत्या प्रयास गरेको प्रारम्भिक अनुमान गरेको थियो ।


लक्ष्मणले घरमा राखेको पेस्तोलले शर्मिलाले आफैलाई गोली हानेको हुन सक्ने प्रहरीको अनुमान छ।


लक्ष्मण एक पूर्व आईजीपीका निजी सुरक्षा गार्ड हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update