Public Pana
विश्वकपको पहिलो खेलमा न्युजिल्याण्ड ९ विकेटले विजयी

एकदिवसीय विश्वकपको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई न्युजिल्यान्डले ९ विकेटले हराएको छ ।
पहिला ब्याटिङ गरेर इग्ल्याण्डले दिएको २८३ रनको लक्ष्य न्युजिल्याण्डले एक विकेटको क्षतिमा ३६ ओभर २ बलमा पूरा गर्यो।

न्युजिल्याण्डको जितमा डेवोन कन्वे र रचिन रविन्द्रले शतकीय पारी खेले । कन्वेले १५२ र रविन्द्रले १२३ रन बनाए ।
इंग्ल्यान्डका लागि साम कुरानले एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको इग्ल्याण्डका लािग जोय रुटले ७७ रन बनाए । न्युजिल्यान्डका बलर म्याट हेन्री, मिचेल सन्तार र ग्लेन फिलिप्सको उत्कृष्ट बलिङको सामुन्ने लागि अन्य ब्याटर टिक्न नसक्दा निर्धारित ५० ओभरमा इंग्ल्यान्डले ९ विकेट डकागुडका माएर २८२ रन बनायो । 

रुटले ८६ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।ओपनर जोनी बेरिष्टले ३३, डेविड मलानले १४, कप्तान जोस बट्लरले ४३ रन बनाए ।

न्युजिल्यान्डका म्याट हेन्रीले ३, मिचेल सन्तार र ग्लेन फिलिप्सले समान २,२ र ट्रेन्ट बोल्ट र रचिन रविन्द्राले १–१ विकेट लिए ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ०५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update