Public Pana
आज विश्व मुस्कान दिवस

यस वर्ष सन् २०२३ को मुस्कान दिवसको नारा चाहिँ do an act of kindness, help one person smile छ ।

समाजमा मुस्कानको महत्त्व आफू हाँस्ने मात्र नभई अरूलाई पनि हँसाउने हिसाबले उल्लेख गरिएको छ ।

अक्टोबर महिनाको पहिलो शुक्रवार मनाइने विश्व मुस्कान दिवस सन् १९९९ देखि औपचारिक ढङ्गमा मनाउने यस विश्व मुस्कान दिवस वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कानसहितको भाव अनुहारमा प्रस्तुत गरे । 


जसले मानिसहरूको ध्यान मुस्कानको महत्त्वतिर केन्द्रित हुन पुग्यो

। त्यसपछिसन् २००१ मा हार्वे बलको निधन भयो । त्यति बेला उनको सम्झनामा बनेको ‘विश्व हार्वे बल मुस्कान फाउन्डेसन’ले आजको दिनमा थुप्रै ठाउँमा मुस्कान दिवस विशेष कार्यक्रमहरू आयोजना गर्दै आएको छ । यस फाउन्डेसनको नारा छ, ‘संसारलाई मुस्कानले सुधार गर्नुहोस् ।’


यतिखेरको प्रतिस्पर्धाको समयमा धेरै मानिसहरूले जीवनमा अघि बढ्न यो हदसम्म मेहनत गर्ने गर्छन् कि उनीहरूले एउटा मीठो मुस्कान दिन समेत भुलिसकेका हुन्छन् । तर जीवनको एउटा महत्त्वपूर्ण कार्य भनेकै आफू मुस्कुराउनु र अरूलाई मुस्कुराउन सिकाउनु हो । अनि मुस्कुराउन प्रोत्साहन गर्नु हो । हँसमुख मानिसहरू सजिलै सबैको मनमा बस्ने गर्छन् ।


सबैलाई विश्व मुस्कान दिवसको शुभकामना । सधैँ मुस्कुराएर जीवन जिउनुहोस्, खुसी हुनुहोस् !

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ०५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update