फिजिका विपक्षी दलहरूले प्रधानमन्त्री फ्रान्क बैनिमारामाको करिब १६ वर्षको शासन अन्त्य गर्दै नयाँ गठबन्धन सरकार गठन गर्ने सहमति गरेका छन् । उनको फिजी फर्स्ट पार्टी र सिटिभेनी रबुकाको नेतृत्वमा रहेको प्रतिद्वन्द्वी पिपुल्स एलायन्स गत हप्ताको चुनावपछि गतिरोधमा परेका थिए ।
सरकार गठनका लागि किंगमेकर मानिएको सोसल डेमोक्र्याट लिबरल पार्टी (सोडेल्पा) ले अब रबुकालाई समर्थन गर्ने पक्षमा मत दिएको छ । ‘जनताले परिवर्तनको लागि मतदान गरेका छन् र हामीले उनीहरूलाई त्यो दिएका छौं’, उनले भने।
गठबन्धनको घोषणाको व्यापक क्षेत्रीय महत्व छ । दुवै पक्षले प्रशान्त क्षेत्रमा आफ्नो आर्थिक र कूटनीतिक चासोलाई निरन्तर बढाउँदै लगेको चीनसँगको सम्बन्धलाई चिसो पार्ने इच्छा व्यक्त गरेका छन् ।
नयाँ गठबन्धनका एक समर्थकले गठबन्धनको मतदानको नतिजा घोषणा भएपछि भने, ‘यो दमनकारी सरकारको १६ वर्ष भइसक्यो । ’