Public Pana
आइजिपीको सानो चित्त, विश्वकिर्तिमान राख्ने क्रिकेट खेलाडी दिपेन्द्रलाई मात्र एक तह बढुवा

मित्रराष्ट्र चीनमा सञ्चालन भइरहेको १९औँ एसियन गेम्सको टी–२० क्रिकेट प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका पाँच क्रिकेट खेलाडीलाई आज सम्मान गरिएको छ ।

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रमबीच उहाँहरूलाई सम्मान गर्नुभएको हो । सम्मानित हुने खेलाडीमा नेपाल पुलिस क्रिकेट टिमका कप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, सागर ढकाल एवं नेपाल प्रहरीमा आबद्ध करण केसी र गुल्सन झा रहेका छन् । 

क्रिकेटमा विश्वकिर्तिमान राखेर नेपाललाई विश्वसामु चिनाउने खेलाडीलाई प्रहरीले प्रहरी सहायकहवल्दार बनाएको भन्दै सामाजिक संजालमा आलोचना भएको छ । दिेपेन्द्रसिंह एैरीलाई कम्तीमा पनि सुहाउने पो्जिसनमा बढुवा गर्नुपर्ने भन्दै सामाजिक संजाल प्रयोगकर्ताले प्रहरी प्रमुखले सानो चित्त देखाएको टिप्पणी गरेका छन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले अन्तर्राष्ट्रियस्तरका महत्त्वपूर्ण खेलकुद प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शनका साथै प्राप्त गरेको सम्मान र सफलताको कारणले समग्र नेपाल प्रहरी सङ्गठनको अस्तित्व र प्रतिष्ठा उँचो भएको बताउनुभयो ।

उहाँले आफूभित्रको स्पोर्टस्म्यानसिपलाई निखार्दै अझै सशक्त र उत्कृष्ट खेलाडीको रूपमा विकास गर्दै लैजान नेपाल प्रहरीका खेलाडीलाई आग्रह गर्नुभयो ।

यी खेलाडीहरू हाम्रा हुन् भनेर भन्न पाउँदा समग्र सङ्गठनलाई गर्व र हर्ष महसुस भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रभावकारी प्रशिक्षण र व्यवस्थापनद्वारा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न नेपाल प्रहरी खेलकुद समिति पनि उत्तिकै सक्रिय र क्रियाशील हुन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सम्मानित खेलाडीहरूका तर्फबाट मन्तव्य व्यक्त गर्दै नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तान ऐरीले नेपाल प्रहरी सङ्गठनमा आबद्ध भएकामा गौरव महसुस गरेको बताउनुभयो । आउँदा दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update