Public Pana

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ भनिएका पार्टीहरुले देश हाक्न नसक्ने बताउनुभएको छ । 


पार्टी कार्यालय च्यासलमा बाराका नेता शिवचन्द्र कुशवाहलाई एमाले प्रवेश गराउदै ओलीले नयाँ भनिएका पार्टीहरुसंग देशलाई हाक्न सक्ने कुनै सोच र योजना नरहेको बताउनुभएको हो ।

उहाले नयाँ पार्टीहरुसंग सहि ढंगले उम्मेदवार चयन गर्न सक्ने क्षमता समेत नरहेको टिप्पणी गर्नुभयो । त्यस्तै पुराना भन्ने पार्टीहरुले पनि केहि गर्न नसकेको जिकिर गर्नुभयो ।

कांग्रेस पार्टी थोत्रो भएको र ८७ सीट हुँदा पनि ३२ सिटको पछाडी हिडेको उहाले बताउनुभयो । उहाले कांग्रेसको पछाडी लाग्ने भनाई माधव नेपाललाई सुहाएपनि कांग्रेसलाई भने माओवादीको पछाडी हिड्न नसुहाउने धारणा राख्नुभयो ।


अध्यक्ष नेपालले माओवादीका नेता कार्यकर्ताहरुले पनि आफुसंगको भेटमा पिडा पोख्ने गरेको बताउनुभयो ।

माओवादीमा छोरी ज्वाइँ, भाइ भतिजा भान्जा सप्रे पनि तमाम माओवादी कार्यकर्ता तड्पीन बाध्य भएको उहाको छ ।

उहाले गरिवी निवारण गर्न सक्ने , सामाजिक समानता कायम गर्न सक्ने पार्टी एमाले बाहेक अरु कुनै नरहेको दावी गर्नुभयो ।


एमालेको सुखी नेपाली समृद्ध नेपाललाई अन्य दलले बोल्न पनि नसकेको उहाले बताउनुभयो । 


त्यस्तै एमाले प्रवेश गर्दै कुशवाहले सहित कार्यदिशा र कार्यनीति नभएका कारण जनयुद्ध लडेका माओवादीहरु, एमालेबाट गएका माओवादीहरु एमालेतर्फ फर्कन थालेको बताउनुभयो ।


उहाले पाको पार्टी एमालेलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो । एमालेबाटै समृद्धिको सपना साकार हुने उहाको भनाइ छ । 
माओवादी केन्द्र छाडेर जनमत पार्टीमा पुगेका कुशवाह बारा २ मा उम्मेदवार बन्नुभएको थियो । 

k.p1696646428.png

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update