Public Pana

चर्चित लोकदोहोरी गीत ‘घाम जस्तो चम्किलो जुन हुँदैन’ नयाँ भर्सनमा सार्वजनिक भएको छ । 

करिब १५ वर्षअघि गायक पुरुषोत्तम न्यौपाने र गायिका बीमा कुमारी दुराको स्वरमा आएको गीतलाई नयाँ पुस्ताका कलाकारका स्वर र अभिनयमा बिहीबार फेरि सार्वजनिक गरिएको हो । 


पुष्पाञ्जली म्युजिकबाट सार्वजनिक गीतको नयाँ भर्सनमा स्वर कुशल बेलबासे र सुनिता बुढा क्षेत्रीले दिएका छन् ।
गीत संगीत संयोजन भने पहिलेको गीतकै संगीत संयोजक विनोद बाजुरालीले गरेका छन् । 


गीतको म्युजिक भिडियो ‘दृष्यमा खप्तड’ अभियान अन्तर्गत निर्माण भएको छ । जसको निर्देशन पत्रकारितामा समेत सक्रिय डिबी खड्काले गरेका छन् । 


अभिनय सुगम संगीतमा चर्चित रहेका कलाकार सनम कठायत र टेलिसिरियलमा निकै रुचाइएकी कलाकार सरिता ढुंगानाको रहेको छ । 


म्युजिक भिडियो सिनेमाटोग्राफी दिपक गिरीले गरेका हुन् । सम्पादन र कलर संयोजन पहिलेकै भिडियोमा समेत गरेका प्रविन भट्टले गरेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update