Public Pana

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको पहिलो बैठकले विभिन्न निर्णय गरेको छ । 
आयोगको बैठक गृह मन्त्रालयको पुरानो भवनको परिसरस्थित कार्यालयमा हिजो  असोज १७ गते बसेको हो । 


बैठकले आयोगको नाम ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८०, नाममा साइनबोर्ड राख्ने, सोही नाममा लेटरप्याड तयार गर्ने, इमेल कायम गर्ने र वेवसाइट समेत तयार गर्नेलगायत निर्णय गरेको छ ।


आयोगको बैठकले पहिलो निर्णयमा आयोग गठन गरी जिम्मेवारी प्राप्त भएकोमा नेपाल सरकार मन्त्रिपरिषदलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यादेश अनुसारको कार्य सम्पन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 


यस्तै दोस्रो निर्णयमा आयोगको सार्वजनिक परिचय एवं पहिचानका लागि संक्षिप्त नाम :  “सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८०, नाममा साइनबोर्ड राख्ने, सोही नाममा लेटरप्याड तयार गर्ने, इमेल कायम गर्ने र वेवसाइटसमेत तयार गर्ने भनिएको छ ।


यसैगरी तेस्रो निर्णय आयोगको काम कारबाहीको सम्बन्धमा आवश्यकतानुसार सञ्चार सम्पर्कको कार्य एवं सूचना सम्प्रेषणको कार्य आयोगका अध्यक्ष डिल्लीराज आचार्यमार्फत गराउने भन्ने छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update