Public Pana

सरकारद्वारा गठित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले अदालतसरह अधिकार पाएको यसका अध्यक्ष डिल्लीराम आचार्यले बताएका छन् ।


आयोगको पहिलो बैठकका निर्णय सार्वजनिक गर्न आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष आचार्यले बोलाउँदा नआउने व्यक्तिलाई पक्राउसमेत गर्ने अधिकार आयोगलाई भएको बताए । 


उनले भने, ‘हामीलाई अदालतलाई भए सरहको अधिकार छ। बोलाउँदा नआउने व्यक्तिलाई पक्राउ पनि गर्छौं ।’
 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update