Public Pana
सर्लाहीमा आज हुने भनिएको सद्भाव र्याली स्थगित

सर्लाही सदरमुकाम मलंगवामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा आज बिहिबार हुने भनिएको सद्भाव र्याली  स्थगित भएको छ ।


गृहमन्त्रीको कार्यव्यस्थताको कारण आजको लागि पूर्वनिर्धारित सद्भाव र्याली स्थगित गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईन्द्रदेव यादवले जानकारी दिए । 


‘सर्वपक्षीय बैठकको निर्णयअनुसार आज हामीले गृहमन्त्रीज्यूको समुपस्थित मलंगवामा बृहत् सद्भाव र्याली  निकाल्ने तयारी गरेका थियौँ,’ यादवले भने, ‘तर, उहाँको कार्यव्यस्तता कारण अर्को सूचना जारी नहुन्जेलसम्मको लागि सद्भाव र्याली स्थगित गरिएको छ ।’


दुई साताअघि मलंगवामा सामाजिक सद्भाव विथोलिने प्रकारका गतिविधि बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो । 


उक्त कर्फ्यु आदेश हटाएपछि स्थानीय प्रशासनले सर्वदलिय बैठकको निर्णअनुसार आजको लागि गृहमन्त्रीको समेत उपस्थिति सद्भाव र्यालीको कार्यक्रम निर्धारण गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update