Public Pana

१९औं एसियाली खेलकुदका लागि चाइना गएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।


चाइनामा रहँदा नेपाली टोलीले समूह चरणमा सतप्रतिशत जितसहित क्वाटर फाइनलको यात्रा तय गरेको थियो ।


पहिलो खेलमा मंगोलियाविरुद्ध टी–२० आईमा रेकर्डैरेकर्ड बनाएको नेपाली टोलीले दोस्रो खेलमा पनि माल्दिभ्सलाई फराकिलो अन्तरमा पराजित गरेको थियो ।


क्वाटर फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा ग¥यो । तर, पराजित भएपछि अघिल्लो चरण जानबाट बञ्चित हुँदै नेपाल फर्किएको हो ।
 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update