फौजदारी कानुनको बिज्ञ एवं चर्चित कानुन व्यवसायी सुवास आचार्यले अग्रेजीमा लेखिएको थप अर्को पुस्तक बजारमा ल्याएका छन् । अग्रेजीमा राम्रो दख्खल भएका आचार्यले कानूनसँग सम्बन्धित अत्यन्तै उपयोगी पुस्तक बजारमा ल्याएका हुन ।
अङ्ग्रेजीमा लेखिएको क्रिमिनल ल प्रिन्सिपल एण्ड प्राक्टिस नामक पुस्तक सार्वजनिक भएसँगै कानुन क्षेत्रमा रुचि राख्ने पाठक, कानुनका विद्यार्थी, न्यायमुर्ति एवं कानुनका व्यवसायीहरुलाई निकै उपयोगी हुने अपेक्षा गरिएको छ ।
अधिवक्ता आचार्यले यस अघि पनि अग्रेजी र नेपालीमा लेखिएका कानुनसँग उपयोगी हुने पुस्तक प्रकाशित गरिसकेका छन् ।
पैरवी प्रकाशनद्वारा प्रकाशित ७८७ पृष्ठको यो पुस्तकमा अपराध शास्त्रका सिद्धान्त र न्यायिक अभ्यासका क्रममा स्थापित भएका महत्वपूर्ण नजीरसमेत समेटिएका छन् ।
अधिवक्ता आचार्यले न्ययिक क्षेत्रमा अभ्यासका दौरान काननुका विद्यार्थी र कानुन व्यवसायीलाई सन्दर्भ सामाग्री रुपमा यस्ता पुस्तक निकै उपयोगी हुने भएकाले लामो मिहिनेत, सोध र अन्तराष्ट्रिय कानुनका एक एक फेहरिस्तहरुको संग्रह,अध्यन पश्यचात आफुले पछिल्लो पुस्तक सार्वजनिक गरेको भन्दै सवैका लागि उक्त पुस्तक निकै उपयोगी र सान्दर्भिक हुने दावी गरे ।
आचार्यले नेपालका चर्चित क्याम्पसमा अध्यापन समेत गराउँदै आएका छन् ।